अबैध नदिजन्य पदार्थ उत्खनन् गर्दा पक्राउ

मकवानपुर प्रहरीले  खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु  उत्खनन् गरिरहेको अवस्थामा  एउटा टिपर ३ वटा जेसिबी र  चालकहरु लाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथर खोलामा  अबैध ढुङगा, गीटी,बालुवा उत्खनन् गरिरहेको अवस्थामा  फ्रेन्डशिप कन्स्ट्रक्सन चितवनको ना ७ ख ७९७६ नम्बरको  टिपर   ना १ क ६८१९,ना १ क ६८०१, एक अन टेस्ट जेसिबि र  चालकहरुलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी लाेकेन्द्र श्रेष्ठले  बताए।

टिपर र जेजिबी सहित पक्राउ पर्ने  चालकहरुमा  सल्यान त्रिवेणी गाउपालिका ३ बस्ने  २६ बर्षिया प्रदिप श्रेष्ठ, बर्दिया मधुवन नगरपालिका २ बस्ने २० वर्षीया  रुपलाल चौधरी, बर्दिया घर भएका   २८ बर्षीया  मैते चौधरी र मकवानपुर मनहरी गाउपालिका ६ बस्ने  २७ बर्ष  का  शन्त बहादुर तामाङ्लाई  रहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जेसिबी  र टिपर आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर पठाईएको र  चालकहरुलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरी  कारबाही  प्रक्रिया अगाडि बढाएको एसपी लाेकेन्द्र श्रेष्ठले   बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?