ट्याक्सीमा छुटेको ५ लाख रुपैयाँ फेला !

५ लाख रुपैयाँ हराएको भन्ने निवेदनको आधारमा खोजतलासमा खटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच लाख रुपैयाँ पत्ता लगाई जिम्मा लगाएको छ । 

७५ साल जेठ २२ गते ७ : १० बजे काठमाडौँ कपन फैका चोकबाट नम्बर नखुलेको भाडाकारमा बागबजार भक्तपुर बसपार्क जाने क्रममा सोलुखुम्ब स्थायी ठेगाना भई हाल  काठमाडौँ फैका बस्ने ५० वर्षिय बिर्ग धन राईले पाँच लाख रुपैया छुटाएका थिए ।

हुलियाको आधारमा सिसिटिभि फूटेज जाँच गर्दा बा १ ज ५२७५ नम्बरको भाडाको कार रहेको प्रहरीले पत्ता लगाएको थियो ।

प्रहरीले सो सवारीका धनी तथा चालक ओमप्रसाद डोटेललाई सोधपुछ गर्दा सो  सामान फेला परेको हो । 

चालक डोटेलले आफ्नो सवारीमा छुटेको पाँच लाख रुपैया महाशाखामा बुझाएका थिए ।   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?