काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।
शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको बताए ।
‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’ प्रचण्डले भने । उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’ प्रचण्डले थपे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली अनुपस्थित रहँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया