मुग्लिङ : विस्तार भर्इरहेको मुग्लिङ-नारायणगढ सडकखण्डमा बर्खे पहिरो खस्न शुरू भएको छ । मंगलबार राती ५ बजे यो सडकखण्डको चार किलोमा पहिरो खस्दा अहिले एउटा लेनबाट मात्रै सवारीसाधन अावतजावत भर्इरहेकाे छ ।
यसअघि सडक विस्तारकै क्रममा विभिन्न स्थानमा सुख्खा पहिरो खस्ने गरेको थियो । कालीखोलामा बारम्बार सुख्खा पहिरो खस्दा सडक अावागमन प्रभावित हुने गरेको थियो । तर, रातभर भएको बर्षाका कारण मंगलबार बिहानदेखि बर्खे पहिरो खस्न शुरू गरेको हो ।
हाल यो सडक ४ लेन फराकिलो हुनेगरि बिस्तार गर्ने काम भर्इरहेको छ । तर, निकै भिरालो पहाड काटेर बनार्इएको सडकमा सुरक्षाका लागि पहिरो रोकथामका प्रभावकारी उपाय नअपनाएको भन्दै अालोचना भर्इरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया