काठमाडौं–सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सरकारी कर्मचारीलाई सरकारी ईमेल अनिवार्य गर्ने उदेश्यसहित निर्देशकको मस्यौदा तयार पारेको छ ।
निर्देशिकाको मस्यौदामा सबै सरकारी कर्मचारीलाई नियुक्ति दिँदा नै ईमेल ठेगाना दिने र अवकाश भएपछि ईमेललाई पनि अवकाशको सुचीमा राखिने उल्लेख छ ।
मस्यौदामाथि छलफल जारी रहेको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।
विभिन्न मन्त्रालय र सरकारी कार्यालयसँग राय मागेका छौँ ढकालले भने, सबैको राय आएपछि मन्त्रिपरिषदमा लैजान्छौँ । आजको कान्तिपुरमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया