काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार निकम्मा भएको बताएका छन् । उनले बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सरकारलाई विकासप्रति कुनै चासो नभएको भन्दै निकम्माको संज्ञा दिएका हुन् ।
उनले अहिलेको सरकार जनताले नभई देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको दाबी गरेका छन् । उनले यो सरकारलाई विस्थापन गर्नुपर्ने भन्दै नयाँ जनादेशमा जानुपर्नेमा जोड दिएका छन् ।
विकास, सुशासन र सम्मृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेलाई जनताले चिनेको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया