काठमाडौ । सशस्त्र द्वन्द्वमा घाइते भएका व्यक्तिहरुलाई विगतमा तोकिएको बमोजिमकै आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ ।
आज गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा सो सम्बन्धी परिपत्र पठाएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्रिस्तरीय निर्णयको आधारमा सो निर्णय भएको थियो ।
द्वन्द्वमा घाइते भई अपागंता भएका व्यक्तिहरुको छिट्टै प्रतिशत पुनरावलोकन गरी सोही आधारमा राहत रकम दिइने र सो प्रक्रिया पुरा नहुन्जेलसम्मलाई विगतमा पाउँदै आएको रकम अब नियमित रुपमा पाउने गृहमन्त्रालयले जनाएको छ ।
यसअघि तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयलले २०७४ भदौ २९ गते आर्थिक सहायतका सम्बन्धमा “सशस्त्र द्वन्द्वमा घाइते भई अपागंता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ बमोजिम प्रतिशत पुनरावलोकन पश्चात एकिन गरी वितरण गर्नुहुन भन्ने ” परिपत्र गरेको थियो ।
त्यस्तै सोही परिपत्रका आधारमा जीवन निर्वाहका लागि राहत र आर्थिक सहायता निर्धारण गरिएकै मापदण्डको आधारमा सशस्त्र द्वन्द्वमा घाइते भई अपागंता भएका व्यक्तिहरुले पाउँदै आएको रकम विगत केही महिनादेखि रोकिएको थियो । यसरी रकम राकिदा द्वन्द्वमा घाइते भएका व्यक्तिहरुको उपचारमा समस्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया