काठमाडाैं ः राजधानीबाट ४० किलोमिटर दुरीमा विस्फोट भएको भयानक ज्वालामुखिका कारण ग्वाटेमालामा ७ जनाको मृत्यु भएको छ, सैयाैं नागरिक घार्इते भएका छन् ।
सोमबार बिहानको यो विस्फोट सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी रहेको सरकारी अधिकारीहरूले बताएका छन् । राजधानीदेखि दक्षिण-पश्चिम क्षेत्रमा रहेको र्इल रोडिय गाउँमा यो विस्फोट भएको हो । 
विस्फोटबाट घरसँगै मानिस जलेको र भूकम्पीय धक्काले संरचनाहरू भत्कँदा त्यसभित्र मानिसहरू पुरिएका छन् । ज्वालामुखिबाट निस्केको धूलो-धुवाँ र खरानीले अाकाश ढाकिँदा अहिले त्यहाँको अरोरा विमानस्थल बन्द गरिएको छ । मानिसको जनजीवन कष्टकर र अातंकित बनेको छ ।
उद्दारकर्ताहरूले अाकस्मिक उद्दारको कामलार्इ बढाएका छन्, मानिसहरूलार्इ माक्स लगाएर मात्र अावतजावत गर्न भनिएको छ ।
राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार र खोज कार्य शुरु गरिएको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया