अमेरिकन नागरिकको मोबाईल चोरी गरेर फरार भएका दोलखा घ्यावापानी २ बस्ने बर्ष २२ को उत्सव कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७५ साल बैशाख १२ गते काठमाण्डौ २६ ठमेलबाट ठमेल एड्रेस काठमाण्डौ होटलको रुम नं.३०३ बाट अमेरिकन नागरिक किर्क एलेन बिंगाम्यान को दुई हजार डलर पर्ने सामसुङ मोवाईल चोरी गरी फरार रहेका कार्कीलाई चोरी भएको मोवाईल सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यता, कामाण्डौ१६ कालधाराबाट ४५ हजार रुपैयाँ नगद, सुनको मंगलसुत्र ,सामसुङ मोवाईल सहितको धनमालहरु चोरी गरी फरार भएका सलिम जिरेल लामा र तिलकदास श्रेष्ठलाई प्रक्राउ गरि अनुसन्धान भईरहेको छ । लामा र श्रेष्ठले २०७५ जेष्ठ १० गते साँझ ६ वजे चोरी गरेका थिए । चोरी गरेको उक्त सामाग्रीसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाण्डौ १६ नयाँबजारमा गैडाको खाग भन्दै वन्यजन्तुको सिङ जस्तो चीज ६५ लाख रुपैयामा बिक्री गर्न हिडिरहेको अवस्थामा धादिङ्ग वेनिघाट रोराङ्ग ५ बस्ने वर्ष १९ को जिसन सुनारलाई महानगरिय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धानको लागी जिल्ला वन कार्यालय काठमाण्डौ बुझाएको प्रहरी नायब उपरीक्षक दिपक पोख्रेलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया