काठमाडौं । आरआर क्याम्पसमा चिट चोर्न नदिएको भन्दै विद्यार्थीले शिक्षकमाथि हातपात गरेका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् ।
ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया