हाम्रो नेपाली किबोर्ड एपको डाउनलोड १ करोड पूरा

लोकपथ
42
Shares

काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो नेपाली किबोर्ड’को गुगल प्ले स्टाेरमा एक करोड डाउनलोड पूरा भएको छ।

फेसबुक र स्मार्ट फोन आउने क्रममा नेपाली लेख्न नमिल्ने अवस्था थियो र धेरैले रोमन नेपालीमै लेख्नुपर्ने थियो तर लेख्न सजिलो भने थिएन। त्यही असहजतालाइ मध्यनजर गर्दै २०१४ मा हाम्रो पात्रो नेपाली किबोर्ड आयो र धेरैको लागि नेपालीमा टाइप गर्न प्रयोग गर्न सजिलो भयो।

नेपालीभाषीको लागि यो अत्यन्त महत्वपूर्ण कुरा थियो, त्यही हाम्रो नेपली किबोर्ड अहिले एक करोड डाउनलोड भएको छ।

रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव)मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ले एक करोड डाउनलोड पुरा गरेको छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै दश लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो ।

योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडकाे संख्यामा डाउनलोड हुने सूचीमा परेका छन्। यसअघि हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ।

एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए।

यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ), मोबाइल अनुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउन सक्ने सुविधाका साथ स्टिकर्स र चाहेअनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ।

‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोडभन्दा बढी नेपालीले डाउनलोड गरेका छन्। यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?