धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार ‘टीभीएस राइडर सप्तरंग–३’ कार्यक्रम हुने भएको छ । ‘शान्तिपूर्ण र सुरक्षित समाज’ को परिकल्पनासहित सो कार्यक्रम हुन लागेको हो ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार गृष्मा ब्रोडकास्टिङले आयोजना कार्यक्रममा चर्चित कलाकार राजेश हमाल, गायक प्रमोद खरेल, बद्री पंगनी, अनिल सिंह, अस्मिता अधिकारी, मिलन नेवार, खेलाडी दिपक विष्ट, नेपाल आइडल रवि ओडलगायतको सहभागिता रहनेछ ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।
मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरू भएको कार्यक्रम पुस ९ गते पोखरामा समापन गरिनेछ । मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
दोस्राे संस्करण प्रायोजन गरेको टीभीएसले तेस्रो संस्करणमा पनि निरन्तरता दिएको हो ।
टीभीएस यो पटक पनि मुख्य प्रायोजक बनेको छ । यो पटक टीभीएसले आफ्नो नयाँ बाइक ‘टीभीएस राइडर’ साथ लिएर प्रचार गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया