फेरि बढ्यो इन्धनको मूल्य : लिटरको ११३ रुपैयाँ !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले  शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, तथा मट्टितेलको मूल्य ३ -३ रुपैयाँ वृद्धि गरेकोे हो ।

अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?