इटहरी । सुनसरीको इटहरी उपमहानगर ८ मुसहर टोलस्थित सुकुम्वासीहरुलाई लक्षित गरी निर्माण गरेको सामुदायिक भवनमा इटहरी उपमहानगरले ड्रोजर लगाएर भत्काएपछि प्रहरी र स्थानीयबिच शनिबार झडप भएको छ । जिल्ला अदालत सुनसरीले सार्वजनिक जग्गा खालि गराउन दिएको आदेश अनुसार सो स्थानमा बनेको भवन भत्काउने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको हो ।
इनरुवा नगरपालिका ३ का दामोदर पोखरेलले भवन निर्माणको क्रममा आफ्नो जग्गाको बाटो नै अवरोध गरेको भन्दै सार्वजनिक जग्गा खालि गराउन जिल्ला अदालतमा दिएको उजुरी र सोहि उजुरी माथि अदालतले भत्काउन दिएको आदेश बमोजिम भवन भत्काउने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको हो ।
झडपबाट तीन स्थानिय र चार जना सुरक्षाकर्मी घाइते भएका छन । झडप पछि प्रहरीले सावित्री चौधरी, निर्मला चौधरी, पुरुषेत्तम तामागं र रज्जे क्रृषिदेवलाई पक्राउ गरेको छ । सुनसरी अदालतले २०७० जेष्ठ १४ गते नै सार्वजनिक जग्गा खालि गराउने फैसला गरेको वताएपनि स्थानीयहरूले अदालतको आदेशको पत्र बिना एक्कासी प्रहरी र उपमहानगरको डोजरले भवन भत्काएको आरोप लगाएका छन ।
उनिहरुले आफनो सामानहरु समेत निकाल्न नदिई ड्रोजर चलाएर भवन भत्काउदा उपमहानगरबाटै अन्याय भएको पनि आरोप लगाएका छन ।
झडपमा घाइते भएकाहरूको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उपमहानगरले ड्रोजर लगाएर भत्काएको सो भवनमा विपन्न समुदायका मुसहर बालबालिकाहरु अध्यन गदै आएको बताइएको छ । यता यस बिषयमा इटहरी उपमहानगर अन्तरगत उपमेयर लक्ष्मि गौतम संग सम्पर्क गर्दा उनको मोबाइल उठेन र कुनै कुरा हुन पाएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया