काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार देशभर गरिएको ७ हजार ९९७ जनाको परीक्षणमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ५० जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख ८ हजार ६०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ७२ पुगेको छ ।
हाल देशभर ५ हजार ४२८ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया