काठमाडौं । भारतको हरियाणा राज्यस्थित मेदान्त अस्पतलमा उपचाररत राष्ट्रकवि माधव प्रसाद घिमिरे आज स्वदेश फर्किने भएका छन् ।
उनको स्वास्थ्य अवस्थामा पूर्ण सुधार भएकाले आज नेपाल एयरलाइन्सको विमानमार्फत घिमिरे स्वदेश फर्किन लागेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूताबासका अनुसार उनी आजै डिस्चार्ज भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया