पहिरो हटाउन सिद्दार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गरिने

बुटवल : तिनाउँ-३ मा खसेको पहिरोले सडक अबरूद्द पारेपछि त्यसलार्इ सफा गर्न सिद्दार्थ राजमार्गमा दैनिक ६ घण्टा सवारी अावतजावत रोकिने भएकाे छ । 

प्राय : पहिरो झरिरहने सिद्दबाबा-दोभान खण्डको तीन किलोमिटर दुरीका विभिन्न स्थानमा पहिरो खसेको छ । यो पहिरो हटाउन दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जानकारी दिएको छ । 

सिद्धबाबा–दोभानमा खण्डमा दिनैपिच्छे पहिरो खस्दा यात्रु र सवारीचालकले दुख पाउँदै अाएका छन् । अागामी अार्थिक बर्षदेखि यो खण्डमा सुरूङमार्ग बनाउने सरकारको योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?