काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर कुल ९ हजार १६ जनाको कोरोना परीक्षण गरिएका मध्ये ६ हजार ७ सय ९१ जनाको पीसीआरबाट र १ हजार ३ सय २५ जनामा एन्टिजेनबाट परिक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट २ सय ६९ जना र एन्टिजेनबाट ५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
पछिल्लो समय २ सय ७० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोनाबाट निको हुनेको संख्या ८ लाख ८ हजार ३ सय ५३ जना पुगेको छ । नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० जना पुगेको छ । हाल मृत्यु हुनेको दर १ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभरका कोरोना अस्पताल तथा क्वारेन्टाइनमा ५ हजार ५ सय २२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५ सय २२ जनाले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन् । योसँगै देशभर कोरोनाविरुद्दको खोप लगाउनेको संख्या २ करोड १४ लाख ४५ हजार १ सय ४५ जना पुगेको छ ।
हाल देशभर ९८ जना कोरोना संक्रमित क्वारेन्टानमा उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया