शिक्षक आवेदन शुल्क पाँच हजार

लोकपथ
0
Shares

जुम्लाको तिला गाउँपाकिा–३ कुडारीस्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयले शिक्षक आवेदन शुल्क रु पाँच हजार राखेर विज्ञापन गर्दा विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित छ शिक्षक पदको १५ दिनको अवधि राखेर विज्ञापन खुला गरेको छ ।

विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि रु चार÷चार हजार तथा मावि शिक्षकका लागि रु पाँच÷पाँच हजार आवेदन दस्तुर तोकेको छ । यद्यपि बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर रु एक हजार उल्लेख गरेको छ ।

उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरित तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?