काठमाडौं । मेरिडियन पोलिक्लिनिक प्रा.लि.का सञ्चालक देवान राई जेल चलान भएका छन् ।
जिल्ला अदालत, काठमाडौंलाई ५० लाख धरौटी बुझाउन नसकेपछि मेरिडियन पोलिक्लिनिकका सञ्चालक राईलाई जेल चलान गरिएको हो ।
राईमाथि २ करोड १२ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा चलाइएको थियो । भने यसअघि याख्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्काले २ लाख ५० हजार धरौटी बुझाएर छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया