काठमाडौँ- १० वर्षे माओवादी सशस्त्र द्वन्द्वपीडितका नाममा सरकारले करिब साढे १७ अर्ब रुपैयाँ बाँडेको छ । २०६२-०६३ को जनआन्दोलनपछि गठन भएका ११ वटा सरकारले करिब १७ हजार मृतक, करिब १ हजार ३ सय बेपत्ता परिवार र भौतिक सम्पत्ति गुमाएका भनिएका व्यक्तिका नाममा १७ अर्ब ३५ करोड रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
“सशस्त्र द्वन्द्वको क्रममा मृत्युवरण गरेका, बेपत्ता पारिएका, भौतिक सम्पत्ति क्षति भएका, घाइते, अपांग भएका, अपहरणमा परेका व्यक्तिलाई अहिलेसम्म १७ अर्ब ३५ करोड रुपैयाँ प्रदान गरिएको छ,” अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ । द्वन्द्वमा मारिएका प्रतिमृतकका परिवारलाई जनही १० लाखका दरले आर्थिक सहायता बाँडिएको हो ।
द्वन्द्वमा १७ हजार ८ सय ८६ को मृत्यु र १ हजार ७ सय ३० वेपत्ता गरी १९ हजार ६ सय १६ जनाको मानवीय क्षति भएको विवरण शान्ति तथा पुनर्निर्माण मन्त्रालयसँग छ, कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया