नेकपामा दोहोरो जिम्मेवारी अन्त्य

 काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एक पद एक जिम्मेवारी नीति अवलम्बन गर्दै दोहोरो जिम्मेवारी भंग गरिएको छ । दोहोरो जिम्मेवारी भंग गरिएसँगै नेकपाका केन्द्रीय सदस्यहरू तल्ला कमिटीमा बस्न वञ्चित भएका छन् ।

नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा बिहीबार जारी गरिएको अन्तरपार्टी निर्देशन–१ मा स्थानीय पार्टी कमिटीहरूको एकता÷एकीकरणका लागि गठित कार्यदललाई कार्यादेश जारी गर्दै प्रदेश तथा जिल्ला कमिटीमा केन्द्रीय सदस्यहरूको नाम समावेश नगर्न र प्रदेश तथा जिल्ला संगठन कमिटीको सचिवालय गठन गर्नका लागि (कमिटीको कुल सदस्य संख्याको बढीमा एक तिहाइ नामावलीसहितको प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ, राजधानी दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?