काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फाइनान्सको २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको सात दशमलव सात प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित तीन दशमलव तीन प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् । हाल फाइनान्सको चुक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार ७०९ रुपैयाँ १३ पैसा रहेको छ। उक्त प्रस्तावित लाभांश वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८ रुपैयाँ ७२ पैसा पुग्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया