काँकडभिट्टामा सम्पन्न पिबी थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि कृष्ण थापाले हात पार्नुभएको छ ।
आज सम्पन्न फाइनलमा झापा दमकका राजन सुवेदीलाई पराजित गर्दै थापाले रु ५० हजार पुरस्कार पनि प्राप्त गरेका छन् । त्यसैगरी द्वितीय हुने सुवेदीले रु ३० हजार तथा तेस्रो राजन पुरीले रु २० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता यही जेठ १३ गतेदेखि शुरु भएको थियो ।
विजेता खेलाडीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया