काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरुद्ध विषेश अदालतमा आरोपपत्र दायर गरेको छ।
टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा गलत लिखत तयार परेको आरोपमा बोगटीसहित खरिद इकाई प्रमुख उप-निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार बोलपत्रको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको उजुरीमा अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया