काठमाडौं । अल्का अस्पताल प्रालिले बाथरोगसम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथ रोगसम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।
बाथरोगसम्बन्धी विशेषज्ञ डाक्टरद्वय जीवन पौडेल र अभिलाशा शाहले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा निःशुल्क औषधि वितरण गरिने अस्पतालले जनाएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटाभन्दा बढी बाथरोगसम्बन्धी ल्याव जाँच पनि निःशुल्क गरिन लागिएका अस्पतालका सीइओ दीपेन्द्र पोखरेलले जानकारी दिए ।
सीबीसी, इसीआर, युरिक एसिड, क्रियटिनाइन,एफबीएस, टीएसएच, एन्टी सीसीपी, सीपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपीटी, सीपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने उनले बताए ।
हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनावारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएकाहरु, मांसपेशीदुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरु, शरिरको विभिन्न भागमा रातो तथा निलो दाग भएकाहरु, कपालझर्ने समस्या भएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भइ बेस्सरी दुखेकाहरुले शिविरमा आएका नि:शुल्क परीक्षण गराउन सक्ने वरिष्ठ बाथ रोग विशेषज्ञ जीवन पौडेलले सुझाव दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया