बालबालिका खतरामा !

एक प्रतिवेदनका अनुसार संसारका आधा बालबालिका द्वन्द्व, गरिबी र लैङ्गिक विभेदका कारण खतरामा छन् । 

यू के सेभ द चिल्ड्रेनले प्रकाशन गरेको प्रतिवेदनमा विश्वका करिब १.२ खर्ब बालबालिकाले यी तीन मध्ये कम्तीमा एक समस्या भोगिरहेका छन् भनेर उल्लेख गरिएको छ ।
जसमध्ये १ खर्ब बालबालिका गरिब देशका हुन् भने २४० अर्ब द्वन्द्वले ग्रसित देशका हुन् । त्यसैगरी ५७५ बालिकाहरु चरम सीमामा लैङ्गिक विभेद हुने देशका रहेका छन् ।

 ३ वर्ष अघि संयुक्त राष्ट्र संघमा २०३० सम्म सबै बालबालिकाले बाँच्न पाउने,सिक्न पाउने र सुरक्षित हुन पाउने छन् भनी विभिन्न देशहरुले प्रतिबद्धता जनाएका थिए । जति सक्दो छिटो यो समस्यालाई न्यूनीकरण नगर्ने हो भने सो प्रतिबद्धता कुनै हालतमा पूरा नहुने सेभ द चिल्ड्रेनका सि ई ओ बताउँछन् । 

प्रतिवेदन अनुसार आर्थिक, सैनिक र प्राविधिक रुपमा सबल भए तापनि अमेरिका, रसिया र चीन बालबालिकाको अवस्थाको मामिलामा विश्वमा क्रमश ३६, ३७ र ४० औँ स्थानमा रहेका छन् । स्लोभेनिया, सिङ्गापूर, नर्वे, आएरल्यान्ड, ईटाली आदिजस्ता देश भने उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?