संसदमा सुन तस्करीका ठूला माछाबारे सोधी खोजी

काठमाडौं । आजको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३३ किलो सुन तस्करीका ठूला माछाबारे प्रश्न गरेका छन् । 

बिहिबार संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद सुवालले यस्तो प्रश्न गरेका हुन् ।
 
सुन तस्करीमा ‘ठूला माछा र साना माछा’ भनेर भन्दै आएका जिम्मेवार व्यक्तिको अभिव्यक्तिले आशंका जन्माएको बताए । उनले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइनन्’ भनेर कटाक्ष समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?