मोटरहेडको आधिकारिक मर्मत केन्द्र गल्छीमा

लोकपथ
28
Shares

काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले धादिङको बैरेनी ६ गल्छीमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । आज एक समारोहबीच बडा अध्यक्ष राजन श्रेष्ठबाट सो मर्मत केन्द्रको उद्घाटन गरिएको हो ।

कम्पनीले सो मर्मत केन्द्र, बीस बर्षदेखि यसै क्षेत्रमा आवद्ध रमेश मोटरसाइकल वर्कशपका प्रोप्राइटर रमेश श्रेष्ठलाई आधिकारीकता प्रदान गरेको हो । श्रेष्ठले आफू यस क्षेत्रमा लागेको २० वर्ष भइसक्दा विभिन्न ब्राण्डका बाइकहरुको राम्रो ज्ञान भएको र विगत ५ वर्षदेखि आएको यस मोटरहेड ब्राण्डका बाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफ आबद्ध भएको बताए ।

कम्पनीले मंगलबार आधिकारीक मर्मत केन्द्रको उद्घाटन गरी आज र भोलि २ दिने एक्सचेन्ज स्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र एक्सचेञ्ज गर्दा बजार मूल्याकनमा थप १५ हजार पाउने सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?