७८ वर्षको उमेरमा अनसन, माग छ यस्तो

बैतडी– तीन दिन भयो ७८ वर्षीय दशरथ सिंह आमरण अनसनमा बसेका छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लाष्टिकको ओतमा सनसन बसेका छन् । अनसन किन ? उनको उत्तर छ– सडकमा गाडी गुँडेको देख्न पाऊँ !
जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा उपभोग गर्दै चढेको मोटर देख्ने रहर छ । उनी सोमबार देखि सरकारसँग सडक सुविधाको माग गर्दै अनसन बसेका छन् ।  आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?