तीन महिनादेखि कैदीबन्दीको नगद सिदा बन्द

दाङ- यहाँका कारागारमा रहेका कैदीबन्दीलाई दिइँदै आइएको नगद सिदा विगत तीन महिनादेखि रोकिएको छ ।

सरकारले प्रतिकैदीबन्दीका लागि दैनिक रु ४५ उपलब्ध गराउँदै आएको छ । तर गत फागुन महिनादेखि कैदीबन्दीलाई नगद सिदा प्राप्त हुन नसक्दा समस्या भएको बताइएको छ । चामलबाहेक अन्य खानपिनको वस्तु खरिदका लागि सरकारले दिने दैनिक रु ४५ प्राप्त नभएपछि कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ ।

प्रतिव्यक्ति ७०० ग्राम चामल भने खाद्य संस्थान अञ्चल कार्यालयबाट उधारोमा ल्याइने गरिएको कारागार शाखा तुलसीपुरका निमित्त जेलर गीता अधिकारीले बताउनुभयो । बिहान बेलुकीको खानपिनका लागि आवश्यक पर्ने तेल, नून, तरकारी, मरमसला खरिदका लागि ४५ रुपैयाँ तीन महिनासम्म प्राप्त हुन नसक्दा समस्या भएको उहाँले बताउनुभयो । “चामलबाहेक केही प्राप्त भएको छैन, रकम प्राप्त नहुँदा चामलबाहेक अन्य वस्तु उधारोमा काम चलाउनुपरेको छ,” उहाँले भन्नुभयो । 

बजेट नआएपछि आफूहरुले गृह मन्त्रालयमार्फत नगद सिदा रकम अर्थमन्त्रालयमा अनुरोध गरी पठाइएको बताउनुभयो । उहाँले कैदीबन्दीका लागि दिइँदै आइएको नगद सिदा अब केही दिनमा आउने आशा पनि व्यक्त गर्नुभयो । 

अन्य जिल्लाबाट स्थानान्तरण गरिएकाले पनि अहिले ३३८ जना कैदीबन्दी पुगेको छ । नयाँ कारागार भवन बनेपछि अन्य स्थानबाट पनि कैदीबन्दीलाई स्थानान्तरण गरिएकाले पनि समस्या खडा भएको बताइन्छ । दाङमा रहेका दुई कारगारमा घोराही र तुलसीपुरमा एक÷एक वटा छन् । तुलसीपुरमा दुई वटा भवन छन् जसका कारण कैदीबन्दीको संख्या पनि धेरै छ । यता, घोराही कारागारले भने गत वर्ष त्यस्तो समस्या भए पनि हाल नभएको बताएको छ । घोराही कारागारका जेलर काशीराम वलीले घोराहीमा त्यस्तो समस्या नभएको र तुलसीपुरमा यस वर्ष समस्या आएको बताउनुभयो ।

पुरानो कारागार भवनमा १९९ जना कैदी राखिँदै आइएकामा साउन महिनादेखि कारागार शाखा तुलसीपुरस्थित नयाँ भवनमा सारिएपछि रकम वितरणमा समस्या भएको कारागार शाखा तुलसीपुरले जनाएको छ । अन्य जिल्लाबाट स्थानान्तरण गरिएकाले पनि अहिले ३३८ जना कैदीबन्दी पुगेको छ । नयाँ कारागार भवन बनेपछि अन्य स्थानबाट पनि कैदीबन्दीलाई स्थानान्तरण गरिएकाले पनि समस्या खडा भएको बताइन्छ ।

दाङमा रहेका दुई कारगारमा घोराही र तुलसीपुरमा एक÷एक वटा छन् । तुलसीपुरमा दुई वटा भवन छन् जसका कारण कैदीबन्दीको संख्या पनि धेरै छ । यता, घोराही कारागारले भने गत वर्ष त्यस्तो समस्या भए पनि हाल नभएको बताएको छ । घोराही कारागारका जेलर काशीराम वलीले घोराहीमा त्यस्तो समस्या नभएको र तुलसीपुरमा यस वर्ष समस्या आएको बताउनुभयो । उहाँका अनुसार घोराहीमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी रहेकाले व्यवस्थापन गर्न समस्या भएको हो । पचास जना क्षमता भएको कारागारमा हाल २४० जना कैदीबन्दी रहेको उहाँको भनाइ छ । कैदीबन्दीलाई पाल टाँगेर भएपनि व्यवस्थापन गर्ने गरिएको वलीको भनाइ छ ।

“जिल्ला अदालत पनि यही छ, पुर्पक्षका लागि थुनामा यहीँ राख्नुपर्ने समस्याले गर्दा पनि संख्या बढेको हो, जेनतेन मिलाएर बसाएका छौँ,” उहाँले भन्नुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?