दशैँ–तिहार योजना ‘होण्डाको साथ ७’ को विजेता घोषणा

लोकपथ
7
Shares

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयाचकुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनाले १ लाख रुपैयाँ नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।

‘होण्डाको साथ ७’ योजनाअन्तर्गत प्रदेश १ बाट STC Biratnagar (रबिना चौधरी), प्रदेश २ बाट Mishika Enterprises(रामप्रकाश यादव), प्रदेश ३ बाट STC Teku-Citizen Bank Ltd (अनिना मानन्धर), प्रदेश ४ बाट Kunwar Brothers (जमुना मुडभरी), प्रदेश ५ बाट Amrit International (अनप्रसाद काफ्ले), प्रदेश ६ बाट New Bulbule Auto Sales (तारा थापा) र प्रदेश ७ बाट New Bulbule Auto Sales परशुराम थारुले १ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी, साबित्रा श्रेष्ठ (S.T Auto प्रदेश ५) ले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।

यसका साथै यस योजनाअन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होण्डा बिगबाइकको खरिदगर्ने सबैले ४० हजार रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?