नेकपा दर्ता प्रक्रिया, किस्तामा कागजात

काठमाडौं-नव गठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक पर्ने कागजात निर्वाचन आयोगलाई किस्ताबन्दीमा बुझाएको छ । निवेदन दर्ता गरेको १४औं दिनमा सोमबार केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकताको नक्कल आयोगमा बुझाएको नेकपाले अझै पार्टीको नियमावली, झन्डा र निर्वाचन चिह्न भने बुझाएको छैन ।

गत ३ जेठमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि सोही दिन नै दर्ताका लागि निवेदन दिइए पनि अन्य आवश्यक कागजात भने आयोगले किस्ताबन्दीमा प्राप्त गर्दै आएको छ । आयोगमा कानुनी पाटो हेर्ने उपन्यायाधिवक्ता घनश्याम ओझाले दल दर्ताका लागि आवश्यक केही कागजात र बाँकी केन्द्रीय सदस्यहरूको हस्ताक्षर आयोगले प्राप्त गरेको बताए, राजधानी दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?