बालकृष्ण ढुंगेलको कैद मिनाहा : नजिर लत्याउँदै आदेश

काठमाडौँ-  आफैंले प्रतिपादन गरेको नजिर लत्याउँदै सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारी निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू मीरा खडका र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ‘सरकारको निर्णय कार्यान्वयन भई ढुंगेल रिहासमेत भएको’ भन्दै तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

यो आदेशले २०७२ पुस २३ गते सर्वोच्चको संवैधानिक इजलासले प्रतिपादन गरेको संक्रमणकालीन न्याय र फौजदारी दण्ड सजायसम्बन्धी विधिशास्त्रीय मान्यता उल्लंघन गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?