काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताएका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उने भने, “करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।”
सोही पार्टीका नेता डा मीनेन्द्र रिजालले बजेट सुन्दा दिउँसै सपना देखेको जस्तो लागेको बताउँदै सबै सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो भएको, केन्द्र सरकारले उठाउने राजस्वबारे मात्रै उल्लेख भएर आएको तथा राजस्व संकलनको स्पष्ट मार्ग नदेखिएको दबताए।
उनले भने, “विगतमा करीब २०÷२२ प्रतिशतको हाराहारीमा राजश्व उठेकामा नौ सय ४५ अर्बको राजश्व उठ्न गाह्रो हुन्छ, उठाउनुस् हाम्रो शुभकामना छ, विदेशी सहयोग र ऋण भनेजति आउने सम्भवना पनि छैन ।”
डा रिजालले स्थानीय तह र प्रदेशमा लगानीका लागि कस्तो नीति अपनाउने भन्ने स्पष्ट नभएको उल्लेख गर्दै पाँच लाखलाई रोजगारी दिने घोषणा असम्भव रहेको टिप्पणी गरे ।
काँग्रेसकै नेता गगन थापाले सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरङ्ग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको बबताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया