साइवर क्राइम र मानव वेचविखन ब्यूरोको स्थापना

काठमाडौं -आधुनिक सूचना प्रविधिको बढ्दो प्रयोगसंगै इन्टरनेट सेवाको दुरुपयोग नियन्त्रण गर्न साइवर ब्यूरो र मानव वेचविखन ब्यूरो स्थापना हुने भएको छ । 
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/२०७६ को वजेट प्रस्तुत गर्दै साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई मध्यनजर गरी छु्टटा– छुट्टै दुईटा ब्यूरो स्थापना गर्नु परेको बताएका हुन । 
यी दुई ब्यूरोको स्थापनासंगै नेपाल प्रहरीमा विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो र लागू औषध ब्यूरो गरी पाँचवटा ब्यूरोहरु हुने छन् । ब्यूरोको कमाण्ड डिआइजी तहको प्रहरी अधिकारीले सम्हाल्ने गरेको छ ।  
मुलुकको विकास र आर्थिक समृद्धिका लागि शान्तिसुरक्षा र अमनचैन महत्वपूर्ण भएकाले सरकार जनताको शान्ति सुरक्षाका लागि अनुकुल वातावरण निर्माणमा सरकार सक्रिय रहेको दावी उनले गरेका हुन ।  
त्यस्तैं, राज्यका तीनवटा सुरक्षा संगठन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको क्षमता अभिबृद्धि गरी आधुनिक,  प्राविधिकमैंत्री र ब्यवसायिक तुल्याइने बताइएको छ । 
विगतका वर्षहरुमा सार्वजनिक भएको वजेटमा उल्लेख गरे झै यस पटक पनि सेनालाई बंकरबाट ब्यारेकमा स्थान्तरण गर्ने कार्यक्रमलाई निरन्तर्ता दिएको छ । 

कैदीका सन्तानहरुले प्राप्त गर्ने दुध वापतको रकम १० बाट बढाइ ३५ पु¥याइएको छ ।  एमआरपी राजदानीको दुरुपयोग तथा जोखिम न्यूनिकरण गर्न ई–पासपोर्ट प्रणालीमा स्तरोन्नति गर्ने प्रक्रिया शुभारम्भ गरिने कुरा पनि वजेटमा उल्लेख छ । 

आगामी पाँच वर्षभित्रमा सम्पूर्ण नेपाली नागरिकलाई ‘राष्ट्रिय परिचय पत्र’ उपलब्ध गराउने रणनीति अनुरुप यस पटक थप १५ जिल्लामा सो कार्यक्रम लागू हुने भएको छ । 
मुलुकका विभिन्न कारागार (जेल) मा रहेका कैदीहरुलाई प्रदान गरिने दैनिक जीवन निर्वाह खर्च ४५ बाट बढाइ ६० रुपियाँ बनाएको छ । कैदीका सन्तानहरुले प्राप्त गर्ने दुध वापतको रकम १० बाट बढाइ ३५ पु¥याइएको छ । 
एमआरपी राजदानीको दुरुपयोग तथा जोखिम न्यूनिकरण गर्न ई–पासपोर्ट प्रणालीमा स्तरोन्नति गर्ने प्रक्रिया शुभारम्भ गरिने कुरा पनि वजेटमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?