काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेम्बा शेर्पासमेत ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय मिनाह गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको हो ।
एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका उनीहरुको कैद मिनाहा भएको राष्ट्रिपति कार्यालउका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा जनयुद्धकालीन हत्या अभियोगमा जेलमा रहेका बालकृष्ण ढुंगेलको मिनाहा बारे भने बोलिएको छैन । विज्ञप्तिमा तेम्बा शेर्पाको नाम उल्लेख गरिएपनि ढुंगेलको बारे केहि भनिएको छैन।
सर्वोच्च अदालतले ढुंगेललाई रिहा गर्न लागिएको सक्कल फाइल पेश गर्न सोमबार निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया