शिक्षा र स्वास्थ्य क्षेत्रको एकाधिकार अन्त्य गरिनेछः गृहमन्त्री थापा

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको एकाधिकार अब चाँडो अन्त्य हुने बताउनुभएको छ । 

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीको नेतृत्वको टोलिसँगको भेटघाटमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच पु¥याउन तथा यससंग सम्बन्धीत व्यवसायमा संलग्न माफियालाई कारबाही गरी एकाधिकारको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि सरकारले यातायात क्षेत्रको एकाधिकार अन्त्य गरी कम्पनीमा दर्ता गर्नुपर्ने नियम कार्यान्वयन गरेको थियो । पुनःगठित अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन माग गर्दै आज ध्यानाकर्षण गराएपछि मन्त्री थापाले अबको कदम भनेको शिक्षा र स्वास्थ क्षेत्रको माफियाकरण र सिन्डिकेटको विरुद्धमा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?