सरकारले पूर्ण गतिका साथ काम गर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सरकारले पूर्ण गतिका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धि र भावी योजनबारे आज भिडियो सन्देश दिँदै उहाँले नयाँ आर्थिक वर्षको शुरुदेखि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक हिसाबले समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई सकार पर्ने संकल्प पनि गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “यो सरकार लोकप्रियताका लागि काम गर्दैन, बरु काम गरेर लोकप्रिय हुन्छ, पहिलो १०० दिनका आफ्ना अनुभवका आधारमा विकास र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाइनेछ ।” 

प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौँ–लुम्बिनी तथा काठमाडौँ–वीरगञ्ज रेलमार्गको चाँडै सर्वेक्षण गरिने बताउँदै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास, भारतसँग समानताका आधारमा सम्बन्धनको थालनी, अनावश्यक विदेश भ्रमण र सार्वजनिक बिदामा कटौती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घण्टे सञ्चालन, विराटनगरस्थित भारतीय स्थल कार्यालय हट्नुलगायतलाई सरकारको १०० दिनको उपलब्धिमा उल्लेख गर्नुभएको छ । 

उहाँले यस अवधिमा सार्वजनिक यातायात क्षेत्रको डरलाग्दो एकाधिकार तोडिएको, सुन तस्करीविरुद्ध निर्मम कारबाही प्रारम्भ भएको, ठूला परियोजना ओगटेर बस्नेमाँझ कारबाही शुरु भएको र रोजगारीको अभावमा काम खोज्न विदेशिन बाध्य नेपाली माथिको ठगी गर्नेमाथि कठोर कारबाही शुरु भएको सन्देशमा उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौँ–लुम्बिनी तथा काठमाडौँ–वीरगञ्ज रेलमार्गको चाँडै सर्वेक्षण गरिने बताउँदै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास, भारतसँग समानताका आधारमा सम्बन्धनको थालनी, अनावश्यक विदेश भ्रमण र सार्वजनिक बिदामा कटौती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घण्टे सञ्चालन, विराटनगरस्थित भारतीय स्थल कार्यालय हट्नुलगायतलाई सरकारको १०० दिनको उपलब्धिमा उल्लेख गर्नुभएको छ । 

सार्वजनिक बिदा कटौतीबाट कूल एक करोड ९२ लाख कार्य दिन नाफामा जाने भएकाले विकासमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उहाँले भन्नुभयो, “पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउनेछु, समृद्ध र सुखी नेपाल बनाएर छाड्नेछु ।”
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?