देउवा–सिटौला एक ठाउँ उभिँदै

लोकपथ
70
Shares

नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ ।

महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ ।

सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो ।

यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको थियो ।

‘प्रदीपजी महामन्त्री र उमाकान्तजी सहमहामन्त्रीमा उठ्ने तय भयो, अरू विषयमा छलफल हुन बाँकी छ, सहमतिको अन्तिम मोडालिटी छिट्टै तय हुन्छ,’ नेता प्रधानले भने ।

सिटौला भने महाधिवेशनमा उठ्ने विषयमा कुनै निर्णयमा पुगिसकेका छैनन् । उनलाई देउवाले आफ्नो समूहबाट उपसभापतिमा बस्न पटकपटक आग्रह गर्दै आइरहेका छन् । तर, उनी भने आफू बाहिरै बसेर सघाउने र आफ्नो टिमबाट युवाहरूलाई अघि बढाउने भन्ने मनस्थितिमा छन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?