रात्रिकालीन व्यवसायमा लुटधन्दा : डान्स, डिस्को र दोहोरीमा यसरी ठगिन्छन् ग्राहक

काठमाडौं । सामान्यतयः उपत्यकाको सुविधायुक्त महंगो रेष्टुरेण्टमा एउटा फ्रुटी तथा रियल जुसको कति मूल्य पर्छ–५० रुपियाँ, एक वोतल मिनरल वाटर पानीको ५० रुपियाँ, एक प्लेट चिकेन चिल्लीको २०० रुपियाँ । 

तर, डान्स, डिस्को, दोहोरी र लाउन्जवारहरुमा भने यस्को पाँचगुण बढी मूल्य हुने गरेको पाइएको छ । ठमेल र दरवारमार्गमा सञ्चालित डान्स, डिस्को, दोहोरी, क्याविन र लाउन्जवारहरुले चर्को मूल्य अशुल्ने गरेका छन् । 

महानगरीय प्रहरी वृत्त दरवारमार्गले उपलब्ध गराएको नाइट फेवा रोधी क्लव नाम गरेको दोहोरी रेष्टुरेण्टले एक प्लेट चिकेन चिल्लीको ५७० रुपियाँ लिएको छ । जव कि कुखुराको दुई किलो मासुको मूल्य नै ५०० पर्छ । एक वोतल पानीको २५०, एक गीलास जुसको ९०० सम्म मूल्य लिएको छ । 

महानगरीय प्रहरी वृत्त दरवारमार्गले उपलब्ध गराएको नाइट फेवा रोधी क्लव नाम गरेको दोहोरी रेष्टुरेण्टले एक प्लेट चिकेन चिल्लीको ५७० रुपियाँ लिएको छ । जव कि कुखुराको दुई किलो मासुको मूल्य नै ५०० पर्छ । एक वोतल पानीको २५०, एक गीलास जुसको ९०० सम्म मूल्य लिएको छ । 

यो ग्राहकमाथिको लुट हो । पाँच तारे होटलमा नभएको मूल्य राखेर मनोरञ्जनका नाममा सर्वसाधारणलाई लुट्ने लुटेरा रेष्टुरेण्ट सञ्चालकहरुलाई कारवाही गर्न थालेको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताएका हुन । 

त्यस्तैं, दरवार रोधीघर नाम गरेको दोहोरी रेष्टुरेण्टले एक प्लेट ग्रीन सलादको ३५० रुपियाँ मूल्य लिएको छ । वजारमा डेढसयमा खरिदविक्री हुने एउटा टुवोर्ग वियरको ७१५, तीन पिस चिकेन रोष्टको ६५०, एक सिसी स्प्राइटको २५० मूल्य लिएको छ । 

वजारमा २०-२५ रुपियाँमा खरिद गर्न सकिने पिय पदार्थहरु यस्ता रेष्टुरेण्टहरुमा पाँच गुणाबढी महंगो हुने गरेका छन् । कर दायरामा समेत नसमेटिएका यस्ता रेष्टुरेण्टहरुले ग्राहकको जानकारीका लागि ‘मेनु’को ब्यवस्था पनि गर्दैन्न । 

वजारमा २०-२५ रुपियाँमा खरिद गर्न सकिने पिय पदार्थहरु यस्ता रेष्टुरेण्टहरुमा पाँच गुणाबढी महंगो हुने गरेका छन् । कर दायरामा समेत नसमेटिएका यस्ता रेष्टुरेण्टहरुले ग्राहकको जानकारीका लागि ‘मेनु’को ब्यवस्था पनि गर्दैन्न । 

दरवारमार्ग प्रहरी वृत्तका प्रमुख मल्ल भन्छन्– राज्यलाई नै चूनौति दिने गरी हाकीदाउँ लुट । त्यसमाथि १० प्रतिशत ‘सर्भिस’ चार्ज पनि काट्छन् । ठमेल संचयकोष अगाडि गो–गो वार नामको डान्स रेष्टुरेण्टले एक रेडवुलको ८०० रुपियाँ मूल्य लिएको छ । 

एक खिल्ली सूर्य चुरोटको ४०, एक प्लेट पिनट्स (बदाम) को ७०० रुपियाँ मूल्य लिएको छ । रियल जुस (ठूलो )को ९०० लिएको छ । टुवोर्ग वियरको ७०० लिएको छ । रात्रिकालिन मनोरञ्जन गर्न आउने सर्वसाधारणलाई ठग्नु यस्ता रेष्टुरेण्टहरुको दैनिकी नै बनेको छ । 

युवतीको प्रलोभन 

विशेष गरी रात्रिको समयमा मनोरन्जन गर्न ठमेल र दरवारमार्गमा आउने सर्वसाधारणलाई सडक पेटीमा भेटाउने वित्तिकै आकर्षक युवतीको ‘अफर’ गरी दले (दलाल) हरुले रेष्टुरेण्टमा पुर्याउने गर्छन । यस्ता दलेहरुलाई रेष्टुरेण्ट सञ्चालकहरुले नै कमिसन दिएर कर्मचारीको रुपमा राख्ने गरेको पाइन्छ । 

दलेहरुले नै सडकमा भेटिएका ब्यक्तिलाई आफ्नै रेष्टुरेण्ट छ, आकर्षक युवती पनि पाइन्छ भन्दै फकाइ फुलाइ डान्स, डिस्को, दोहोरी तथा क्याविन रेष्टुरेण्टमा लैजाने गर्छन । आकर्षक युवतीको खोजीमा रेष्टुरेण्टमा छिरेका ग्राहकहरुलाई एक्कासी युवतीहरुले घेर्ने गर्छन ।

के–के खाने ‘अर्डर’ गर्नुका साथै ग्राहकलाई भन्दा बढी खानेकुरा आफूलाई मगाउने गर्छन । करीव पाँच मिनेट नवित्दै ५ देखि २५ हजारको विल टेवुलमा आइपुग्दा ग्राहकहरु आफू ठगिएको चाल पाउछन् । 

‘यति मूल्यको खानेकुरा खाएको छैन भनेर जवाफ फर्काउदा उल्टै रेष्टुरेण्टका सञ्चालक, त्यही भित्रका ‘बाउन्सर’ गुण्डाबाट रामधुलाई हुन्छ । अन्ततः साथमा भएको नगदमात्र नभइ, सिक्री, मोवाइल, पर्स, जे–जति छ सबै धितो राखेर वाहिरिनु पर्ने हुन्छ । 

दरवारमार्ग प्रहरीले यस्तैं युवतीको प्रलोभन देखाइ ग्राहक ठग्ने हात्तीसारस्थित आलिसान रेष्टुरेण्टका तीजना कर्मचारीलाई पक्राउ गरेको थियो । हात्तीसार–पुतलीसडकमा रात्रिको समयमा कोही पुरुष मान्छे देख्नै नहुने आलिसान रेष्टुरेण्टका दलालहरु केटी चाहियो भन्दै फकाउन पछि लाग्छन् । 

 

दरवारमार्ग प्रहरीले यस्तैं युवतीको प्रलोभन देखाइ ग्राहक ठग्ने हात्तीसारस्थित आलिसान रेष्टुरेण्टका तीजना कर्मचारीलाई पक्राउ गरेको थियो । हात्तीसार–पुतलीसडकमा रात्रिको समयमा कोही पुरुष मान्छे देख्नै नहुने आलिसान रेष्टुरेण्टका दलालहरु केटी चाहियो भन्दै फकाउन पछि लाग्छन् । 

आकर्षक युवती मिलाइ दिने भन्दै दुईजना ग्राहकलाई रेष्टुरेण्टमा पु¥याइ लुटपाट र कुटपिट गरी ‘ओभर विलिङ’ गरेको अभियोगमा प्रहरीले रेष्टरेण्टका दले–कर्मचारी प्रकाश गिरी, विकास बस्नेत र विजय वस्नेतलाई पक्राउ गरेको थियो । 

तीन–तीन पटक लुटपाट र ठगी

ग्राहकलाई विभिन्न प्रलोभन देखाइ झुक्यानमा पारि पटक–पटक लुट्ने दरवारमार्गका चर्चित रेष्टुरेण्टहरु हुन–नाइट क्वीन डान्स, नाइटमहल डान्स र जेडिएस डान्स बार । जो बारम्वार ग्राहकलाई लुट्ने गर्छन । यस्ता रेष्टुरेण्टहरुमा नेपालीभन्दा भारतीय नागरिक बढी ठगिने गरेका छन् ।  

यी रेष्टुरेण्टमा रमाइलो गर्न जानु भनेको नै ओभर विलिङका नाममा ठगिनु र लुटिनु नै हो । यी तीन रेष्टुरेण्टका सञ्चालकलाई तीन–तीन पटक पक्राउ गरी कारवाही गरिसकेका डिएस्पी मल्ल भन्छन–तर पनि सुध्रेन्न । 

नाइट क्वीन डान्सका सञ्चालकहरुले भारतीय नागरिकलाई ओभर विलिङपछि अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको अभियोगमा प्रहरीले किशोर महर्जन, आशिस सिलवाल, सुनिल पराजुली, राजकुमार श्रेष्ठ, किशोर महर्जन र दिपेश ठकुरी लगायतलाई पक्राउ गरी कारवाही गरि सकेको छ । 

नाइट क्वीन डान्सका सञ्चालकहरुले भारतीय नागरिकलाई ओभर विलिङपछि अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको अभियोगमा प्रहरीले किशोर महर्जन, आशिस सिलवाल, सुनिल पराजुली, राजकुमार श्रेष्ठ, किशोर महर्जन र दिपेश ठकुरी लगायतलाई पक्राउ गरी कारवाही गरि सकेको छ । 

त्यस्तैं, नाइट महलका विकास गुरुङ, युवराज भन्ने गंगादास लामा, रोजन बस्नेतलाई पक्राउ गरी रेष्टुरेण्टले ग्राहकबाट ओभर विलीङबाट लिएको रकम समेत फिर्ता गराएको उनले बताए । प्रहरीले ओभर विलिङ गरी ग्राहकबाट ठगी गरेको पैसा रेष्टुरेण्टबाट फिर्ता गराइ दिने गरेको छ । 

त्यसअघि न्यू फोकस डान्स, गो–गो डान्स वार, चाहना डान्स वार, किङ शो डान्स बार, आइक्लव डिस्को लगायत एक दर्जन डिस्को, डान्स र दोहोरी रेष्टुरेण्टमा प्रहरीले छापामारी ग्राहक ठगीमा संलग्न सञ्चालकलाई पक्राउ गरेको थियो । 

नियमन गर्ने निकायनै छैन

रात्रिकालिन मनोरञ्जनका रुपमा सञ्चालन गरिएका डान्स, डिस्को, दोहोरी, क्याविन तथा लाउन्ज वारहरुको नियमन नै नहुने गरेको पाइएको छ । केही काठमाडौं महानगरपालिका दर्ता भएपनि आन्तरिक राजस्व कार्यालयमा दर्ता समेत नभएको पाइएको छ । 

यस्ता रेष्टुरेण्टहरुले ग्राहकबाट चर्को मूल्य अशुल गरेपनि करको दायरमा भने आउन सकेका छैन । यस्ता रेष्टुरेण्टहरुले कर भने तिर्दैनन् । त्यस्तैं, त्यहाँ कार्यरत मजदुरको पनि श्रमशोषण हुने गरेको छ ।  विशेष गरी महिला कामदारहरु तलव सुविधाबाट बञ्चित हुने गरेका छन् । रेष्टुरेण्टका सञ्चालकहरु गुण्डागर्दी तथा अपराधिक क्रियाकलापमा संलग्न हुने भएकाले यस्तो समस्या देखिएको हो । रात्रिकालिन ब्यवसायी संघका पदाधिकारीहरु भने सबै रेष्टुरेण्ट त्यस्तो नभएको दावी गर्छन । 

यस्ता रेष्टुरेण्टहरुले ग्राहकबाट चर्को मूल्य अशुल गरेपनि करको दायरमा भने आउन सकेका छैन । यस्ता रेष्टुरेण्टहरुले कर भने तिर्दैनन् । त्यस्तैं, त्यहाँ कार्यरत मजदुरको पनि श्रमशोषण हुने गरेको छ । 

विशेष गरी महिला कामदारहरु तलव सुविधाबाट बञ्चित हुने गरेका छन् । रेष्टुरेण्टका सञ्चालकहरु गुण्डागर्दी तथा अपराधिक क्रियाकलापमा संलग्न हुने भएकाले यस्तो समस्या देखिएको हो । रात्रिकालिन ब्यवसायी संघका पदाधिकारीहरु भने सबै रेष्टुरेण्ट त्यस्तो नभएको दावी गर्छन । 

केही त्यस्ता लुटेरा ब्यवसायीहरु पनि छन् । तिनीहरुलाई कानुनीको दायरामा ल्याउन आचरण संहिता नै बनाइ लागू गरिरहेका छौ, रात्रिकालिन ब्यवसायी अमित ठकुरीले भने । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?