सुन तस्करी र हत्या मुद्दामा गोरेको बयान : ‘ठूला नेता पक्रिए पर्दाफास हुन्छ’

विराटनगर- साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् ।
जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ ।’
गोरेले थाई एयरबाट सुन भित्रिएको तर तोकिएको स्थानमा लैजाने क्रममा बाटैमा लुटिएको अदालतसमक्ष बताएका छन् । ‘दुबईबाट आएको सुन लुटिएकामा कुनै विवाद छैन,’ जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा आइतबार बयान दिँदै उनले भने, ‘कसले लुट्यो भन्नेचाहिँ हालसम्म रहस्यमै छ ।’ भरिया सानु बनको मृत्यु भइसकेकाले सुन कहाँ गयो भन्ने पत्ता लगाउन असहज भएको उनको भनाइ थियो, कान्तिपुर दैनिकमा खबर छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?