काठमाडौँ -संविधान संशोधनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सकारात्मक भएपछि संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ ।
केन्द्रीय सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ ।
प्रदेश २ मा भने नेकपाले फोरम नेतृत्वको सरकारुलाई दिएको समर्थन फिर्ता लिएको छ ।
केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवम् प्रादेशिक सरकार बनाउने उदेश्यबाट निर्देशित छन् ।
फोरमका वरिष्ठ नेता अशोक राईले सत्तारुढ दल नेकपासँग आइतबार बिहान भएको छलफलपछि सरकारमा जाने सम्भावना बढेको बताएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया