ललितपुर । आमाले नै आफ्ना सन्तानका बाबु फलानु हो भनेर तोकिएका अधिकांश व्यक्ति गलत सावित भएका छन् ।
खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नभएको पाइएको हो ।
प्रयोगशालामा आउने मुद्दामध्ये आधामा दाबी गरिएका व्यक्ति बाबु प्रमाणित नभएको प्रयोगशाला प्रमुख जीवनप्रसाद रिजाल बताउँछन् । महिलाले नियतबस नै वा बाध्यतामा परेर बाबु नभएका व्यक्तिलाई पनि बाबु हो भन्ने दाबी गर्छन् । उनले भने, “सामाजिक आर्थिक, पारिवारिक समस्याका कारण महिलाले झुट बोलेको हुनसक्छ भने कतिपय अवस्थामा सम्पत्ति लिने दाउले पनि झुक्याएको हुनसक्छ ।”
बाबु प्रमाणित नहुनेखालका घटना पहिलेभन्दा पछिल्ला समय झन बढिरहेको छ । पहिले महिला इमान्दार हुन्छन् भन्ने सामाजिक र कानूनी मान्यता थियो । अहिले सामाजिक परिवेश वा परिवारिक बाध्यताले पनि आमाले बाबु नभएको व्यक्तिलाई सन्तानको बाबु भन्ने गरेका घटना बढी आएका छन् । प्रयोगशाला प्रमुख रिजाल भने, “महिलाले कहिलेकाहीँ जात लुकाउनका लागि र कहिले हाडनाता करणीबाट जन्मिएको सन्तानको पहिचान लुकाउन पनि अर्काे व्यक्ति देखाएको हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया