कांग्रेस द्वन्द्व विचार कि कार्यशैलीको ?

काठमाडौँ-  निर्वाचन हारेपछि कांग्रेसभित्र चर्केको विवाद सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर मात्रै हो या वैचारिक पनि हो ? सुरुवातमा संस्थापनइतर पक्षको मुख्य आक्रोश सभापति देउवाको कार्यशैलीमाथि देखिए पनि आसन्न महासमिति बैठकमा भने वैचारिक मुद्दा बनाउने तयारी भएको छ ।

संस्थापनइतर पक्षले वैचारिक मुद्दा उठाएर देउवाविरुद्धको मोर्चालाई सशक्त बनाउने तयारी थालेको छ । तर, संस्थापन पक्ष पार्टीभित्र वैचारिक मतान्तर रहेको तर्क मान्न तयार छैन । सहमहामन्त्री प्रकाशरण महत केन्द्रीय कार्यसमिति बैठक र पार्टीका औपचारिक फोरमहरूमा वैचारिक मतान्तर कसैबाट नआएको बताउँछन् । ‘उहाँहरूको मनमा के आएको छ, थाहा भएन । केन्द्रीय कार्यसमिति र अन्य फोरममा समेत यस विषयमा छलफल भएको छैन,’ उनले भने ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पार्टी सञ्चालनको कार्यशैली मात्रै नभई सभापति देउवासँग वैचारिक रूपमै मतान्तर रहेको दाबी गर्छन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
सभापति देउवाले विधानविपरीत गठन गरिएका संसदीय समिति, केन्द्रीय कार्यसम्पादन समिति भंग गरे । केन्द्रीय कार्यसमिति बैठकमा यी दुई समिति भंग गरेलगत्तै विधानको व्यवस्था नसच्याइकनै उनले पदाधिकारी मनोनयन गरे । जबकि विधानमा पदाधिकारी, पार्टीका विभाग र समितिलाई महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पूर्णता दिइसक्नुपर्ने उल्लेख छ । विधानको उक्त व्यवस्थालाई निलम्बन या संशोधन नगरीकनै देउवाले पदाधिकारी मनोनयन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?