शोकको घडीमै टाढिए छिमेकी

मोरङ- छिमेकीका घोचपेच सहनु त सामान्यै थियो । तर, पिताको काजकिरियामा समेत यो हदसम्म विभेद भोग्नुपर्ला भन्ने उनले सोचेकासम्म थिएनन् । अन्तरजातीय विवाह गरेकै कारण पथरी शनिश्चरे नगरपालिका ४ जराया टोलका २२ वर्षीय यादव श्रेष्ठले तीतो अनुभव सँगाले ।

गत जेठ १ गते उनका ६२ वर्षीय पिता धनबहादुरको निधन भयो । तर, यादवले न आफन्त र छरछिमेकको साथ पाए न त काजकिरिया टुंग्याइदिने पुरोहित ।

उनकी आमाको दुई वर्षअघि निधन भएको थियो । त्यति बेला निष्फिक्री उनीकहाँ आएर विधिविधान पूरा गरिदिएका गाउँका पुरोहित यसपालि टाढिए । लोकलाजका कारण मलामीसम्म पुगेका छिमेकीहरूले पनि काजकिरियामा सघाएनन् । आफ्नै समुदाय (नेवार) का व्यक्तिले गुभाजु खोजिदिन सक्थे । त्यो पनि गरिदिएनन् । छैटौं दिनसम्म पनि खौरिएको मुडुलो टाउको लिएर पुरोहितको प्रतीक्षामा थिए उनी, कान्तिपुर दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?