काठमाडौँ-३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।
गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ ।
उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन । 'हामीले खोजी गरिरहेका छौँ,' समिति स्रोतले भन्यो, 'हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौँ ।'
स्रोतका अनुसार गत बर्षदेखि नै उनले हितयार बोक्दै आएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया