काठमाडौं । मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले तीन दिने मोटरहेड एक्सचेन्ज अफर सञ्चालन गर्ने भएको छ ।
मोटरहेडले आगामी मंसिर २२, २३ र २४ गते उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागू हुनेगरी उक्त अफर सञ्चालन गर्ने भएको हो ।
कम्पनीका अनुसार ग्राहकहरुको अत्यधिक मागलाई ध्यानमा राखी यस अफरलाई आफ्नो सबै शोरुमहरुमा सञ्चालन गर्न लागिएको हो ।
कम्पनीले यस अफरलाई अझ आकर्षक बनाउन विभिन्न अफरहरु ल्याएको छ । जसमा नगद खरिदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र बाइक सट्टापट्टा गरि लिँदा पुराना बाइकमा बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ ग्राहकले पाउनेछन् ।
कम्पनीले उचित मूल्यांकन र सरल खरिदको वातावरण मिलाउन अन द स्पट भ्यालुएसन व्यवस्थापनसहित हरेक खरिदमा आकर्षक फ्रि डर्ट हेल्मेट समेत उपलब्ध गराउनेछ ।
मोटरहेडको सल्लाघारी, मित्रपार्क, टेकु , धोविघाट र बालाजु (भ्याली कोल्ड स्टोरको अगाडि) मा रहेको आफ्नो शोरुमहरुमा यो अफर सञ्चालन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया