राप्रपा महाधिवेशन मतदान : हालसम्म ८०० मत खस्यो

लोकपथ
754
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन प्रक्रिया अन्तरगत जारी मतदानमा हालसम्म ८०० मत खसेको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको राप्रपाको निर्वाचन चार घण्टा ढिलो गरी १२ बजेबाट सुरु भएको थियो ।

निर्वाचन प्रक्रिया ढिलो सुरु हुँदा बिहान ४ बजेदेखि लाइनमा लागेका राप्रपाका प्रतिनिधिहरु आक्रोशित भएका थिए । निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

हाल राप्रपाको निर्वाचन प्रक्रिया जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?