कांग्रेस बागमती सभापति : प्रधान, केसी र बानियाँको उम्मेद्‌वारी

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ ।

प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान,जगदिश्वरनरसिंह केसी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो ।

उम्मेद्‌वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने केसी पौडेल पक्षबाट र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

सभापतिलाई मत दिन २ हजार १३७ जना प्रतिनिधि रहेका छन् ।

अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?